नागरिकता प्राप्त गर्न आमा वा बाबु भन्ने प्रावधान राख्नुपर्ने सभासदहरुको सुझाव
Admin / 2014-09-08 05:46:05
नेपाल ब्युरो– भदौ २३,काठमाडौ ।
सरोकारवालाहरुले नागरिकता प्राप्त गर्न आमा र बाबु भन्ने प्रावधानले देशका थुप्रै बालबालिकालाई राज्यविहिनताको जोखिममा पार्ने भन्दै त्यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चारिका समूह, महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा भएको नयाँ संविधान र नागरिकताका सवाल विषयक छलफलमा सरोकारवालाहरुले यस विषयमा जोड दिएका हुन् ।
छलफलमा संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीले आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषयलाई अन्य विषयसँग जोड्न नमिल्ने बताउनुभयो । उपाध्यक्ष घर्तीले आमाको नामबाट नागरिकता पाउने ग्यारेन्टी गर्न आगामी दिनमा व्यापक छलफल जरुरी रहेको बताउनुभयो ।
वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न आमा र बाबु भन्ने प्रावधानले आफ्ना सन्तानलाई नागरिकता दिलाउने महिला र पुरुष दुवैको अधिकारलाई कटौती हुने भन्दै आमा वा बाबु बनाउनुपर्ने सभासद्हरुको सुझाव छ ।
संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रस्तावलाई संविधान मस्यौदा समितिमा पठाएको छ ।
प्रकाशित मिति: 2014-09-08 05:46:05
प्रतिक्रिया: