मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समितीको बैठक बस्दै
Admin / 2014-08-31 03:03:59
नेपाल ब्युरो– भदौ १५, काठमाडौ ।
मुलुकको समसामायीक राजनीति, संविधान निर्माणमा पार्टीको भूमिका लगायत विषयमा छलफल गर्न मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठक आज बस्दैछ ।
लालितपुरको सानेपस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सो विषयमा छलफल हुने बताईएको छ ।
पदाधिकारीको कार्यविभाजन, केही पदाधिकारी थप लगायत विषय पनि बैठकको एजेण्डा रहेको बताइएको छ ।
केही सदस्यले पार्टीको नाम परिवर्तन गर्नुपर्ने विषय उठाएपनि बैठकमा त्यसबारे छलफल नहुने बताइएको छ । आगामी साउनमा हुने महाधिवेशनको बेला मात्र पार्टी नाम परिवर्तन लगायत विषयमा छलफल हुने । राजनीतिक समिति सदस्य लक्ष्मण थारुले जातीय पार्टीको उपादेयता सकिएको भन्दै पार्टीको नाम परिवर्तन गरी राष्ट्रिय लोकतान्त्रक फोरम राख्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
प्रकाशित मिति: 2014-08-31 03:03:59
प्रतिक्रिया: