विचार/ब्लग

एमाओबादी फेरि फुटको संघारमा

Admin


काठमाडौ, १३ साउन । एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले ‘योजनाबद्ध ढंगले समानान्तर समिति गठन गरेको आरोप संस्थापनले लगाएको छ । भट्टराई पक्षले संस्थापनले एकपक्षीय रूपमा गठन गरेका समितिको प्रतिवाद गरेको जनाएको छ ।

केन्द्रमा विवाद व्यवस्थापन समिति र जिल्ला विवाद समाधान गर्न दुई समिति बनेपछि भट्टराई पक्षले थप तीन जिल्लामा समानान्तर समिति गठन गरेको हो । समानान्तर समिति बन्दै गएपछि एमाओवादीभित्र विवाद भुसको आगो झै भित्रभित्रै बढै गएको छ ।

समानान्तर समिति बनिरहेका बेला भट्टराई ‘नयाँ शक्ति निर्माणका लागि पूर्वी नेपालमा कार्यक्रम गरी राजधानी फर्केका छन् । कतिपयले समानान्तर समिति गठन हुदै जानुलाई नयाँ शक्ति निर्माणको अभियानका रूपमा बुझेका छन् ।

सुनसरीको इटहरीमा वैकल्पिक विचार मंच नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भट्टराईले ुगधा धोएर गाई नबन्नेु भन्दै नयाँ विचार निर्माण हुनुपर्ने बताए । यसको सीधा प्रहार अध्यक्ष पुष्पकमल दाहालमाथि थियो ।

दाहालले भट्टराई पक्षले समानान्तर समिति गठन गरेको विषयलाई गंभीर रुपमा लिएका छन् । केन्द्रमा विवाद समाधान समिति बनिरहेकै बेला धमाधम समानान्तर समिति बनेपछि पार्टीमा स्थिति झ्न जटिल भएको छ । विवाद समाधानका लागि दाहाल र भट्टराईबीच सोमबार छलफल भए पनि कुनै निष्कर्ष निस्किएन ।

‘बाबुरामजीले योजनावद्ध ढंगले समानान्तर समिति गठन गर्दै जानुभएको छ’ दाहाल निकट एक नेताले भने, ‘फुटको आधार तयार गर्ने अभियान हो ।’ भट्टराईले शनिबार सुनसरी इटहरीको कार्यक्रममा राजनीतिक पार्टी बाहिर लाखौ व्यक्ति भएको उल्लेख गर्दै दलहरु अघि नबढे बाहिरका व्यक्ति मिलेर नयाँ शक्ति बनाउने बताएका थिए ।

यसले एमाओवादीप्रति उनको मोह कम हुदै गएको स्पष्ट संकेत गरेको छ । उनी नयाँ शक्ति निर्माणका लागि पश्चिम नेपालको जिल्ला जादैछन् । त्यहा पनि उनले वैकल्पिक विचार मंचमार्फत् आफ्नो धारणा राख्दैछन् ।

भट्टराई निकट नेता गंगा श्रेष्ठले जिल्लाहरुमा आफ्नो पक्षलाई निषेध गरेकाले केही जिल्लामा प्रतिवाद भएको बताए । ‘एकलौटी ढंगले कमिटी गठन गरेपछि त्यसको प्रतिवाद हुनु स्वभाविक हो’ उनको भनाइ छ ।

यो साता भट्टराई पक्षले गोर्खा, धनुषा र पर्सामा समानान्तर जिल्ला समिति गठन गरेको छ । यसअघि सिन्धुली, डडेल्धुरा, मकवानपुरलगायत छ जिल्लामा समानान्तर समिति गठन गरेको थियो । ‘संस्थापनले फरक विचारलाई बेवास्ता गर्दै लाने हो भने सबै जिल्लामा समानान्तर समिति बन्छन्’ भट्टराई निकट एक नेताले भने ।

समानान्तर समिति बनेका जिल्लामा संस्थापनले भट्टराई पक्षका नेताहरुलाई कार्वाही गरेको छ । जिल्लाहरुमा संस्थापन र भट्टराई पक्षका बेग्लाबैग्लै कार्यालय संचालन भएका छन् भन्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

संस्थापनले भट्टराई नयाँ शक्ति निर्माणको नाममा भट्टराई माक्र्सवादप्रति अविश्वास गर्दै गएको आरोप लगाएको छ । ‘बाबुरामजी सामाजिक जनवादी पार्टी निर्माण गर्न चाहनुहुन्छ, उहा त्यसको आधार तयार गर्ने कसरतमा हुनुहुन्छ’ दाहाल निकट नेताको भनाइ छ ।

विवाद मिलाउन केन्द्रमा भएका छलफल फलदायी हुन सकेका छैनन् । विभिन्न जिल्लाहरुमा देखिएका संगठनात्मक समस्याहरुको बारे यथार्थता अध्ययन तथा समाधान गर्न सचिव बर्षमान पुनको नेतृत्वमा कार्यदल बनेपछि पनि समानान्तर समिति थपिएका छन् । ‘विवाद मिलाउन कुरा हुदैछ, छलफल जारी छ’ कार्यदल सदस्य एबं भट्टराई पक्षीय नेता देबेन्द्र पौडेलले भने, ‘विवादित जिल्ला समिति भंग गरेर सहमतिमा जिल्ला समिति बनाउने प्रयास हुन्छ ।’

भट्टराई पक्षको दबाबलाई बेवास्ता गर्दै कार्यक्रम अघि बढाउने नीति संस्थापनको छ । त्यसैले जिल्ला समिति गठन विवाद सहजै समाधान हुने संभावना छैन । पार्टीभित्र फरक विचार छलफल गर्दै जाने बिधि बनाए पनि त्यो देखाउन बनाएको छ । पछिल्लो स्थायी समिति बैठकले अध्यक्ष दाहालको संयोजकत्वमा वैचारिक व्यवस्थापन समिति गठन भए पनि ठोस निर्णय भने गर्न सकेको छैन ।


प्रकाशित मिति: 2014-07-28 20:15:44
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing