गाँजा सेवन गरिरहेको अवस्थामा दुई जना पक्राउ
Admin
नेपाल ब्युरो- जेठ ३ , सर्लाही - गाँजा सेवन गरिरहेको अवस्थामा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर १ बाट प्रहरीले दुई जनालाई पक्रउ गरेको छ ।
लालबन्दी १ को मरिण जाने बाटोबाट गाँजा सेवन गरेर हो–हल्ला गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबन्दी १ का २० वर्षीय सुदन श्रेष्ठ र लालबन्दी २ का २१ वर्षीय दिपेश गोले रहेका छन् ।
सार्वजनिक सडकमा गाँजा सेवन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उनीहरुको साथबाट सेवन गर्न राखिएको गाँजा पनि बरामद गरिएको प्रहरी निरीक्षक सोतीले बताउनुभयो ।
पक्राउ परेका उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको छ । पछिल्लो समयमा लालबन्दी प्रहरीले समाजमा रहेको विकृती नियन्त्रण गर्न अभियान सञ्चालन गरिरहको छ ।
प्रकाशित मिति: 2014-05-17 04:29:19
प्रतिक्रिया: