सरकारका झण्डैं ५ सय सहसचिवको सामूहिक राजीनामा दिने चेतावनी
Admin
नेपाल ब्युरो –जेठ २, काठमाडौ ।
सरकारका झन्डै पाँच सय सहसचिवले सरकारले आफ्नो मागको सुनुवाई नगरेको भन्दै सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
सचिव बढुवाका क्रममा आफूहरुमाथि अन्याय भएको भन्दै प्रशासन र प्राविधिक समूहका सहसचविले राजीनामाको चेतावनी दिएका हुन् । प्रशासनतर्फको पदमा कानुन समूह,न्याय समूह र सरकारी वकिल समूहका सहसचिवलाई पनि समाविष्ट गर्न थालेकोमा उनीहरुको असन्तुष्टि छ ।
सरकारले हाल प्रशासन र प्राविधिकतर्फका सहसचिव मात्रै बढुवा हुँदै आएका प्रशासनतर्फका सचिव पदमा कानुन,न्याय र सरकारी वकिल समूहका सहसचिवलाई पनि समाविष्ट गर्दै आइरहेको छ ।
तर, प्रशासन र प्राविधिक समूहका सहसचिवलाई कानुन, न्याय र सरकारी वकिलबाट बढुवा हुने सचिव पदमा भने बाटो बन्द रहेका बताइएको छ ।
प्रकाशित मिति: 2014-05-16 03:24:19
प्रतिक्रिया: